विश्वभरका धार्मिक पर्यटकलाई भित्र्याउने गरी पशुपति क्षेत्रकाे विकास गरिँदै छ : मन्त्री भट्टराई

विश्वभरका धार्मिक पर्यटकलाई भित्र्याउने गरी पशुपति क्षेत्रकाे विकास गरिँदै छ : मन्त्री भट्टराई

काठमाडौँ, १७ मंसिर ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको उल्लेख गर्नुभएको छ ।

बुधबार पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकले संयुक्त रुपमा आयोजना गरेको वातावरणमैत्री शवदाहगृह हस्तान्तरणका अवसरमा उहाँले प्रस्तावित गुरुयोजनालाई अन्तिमरुप दिन मन्त्रालयले प्राविधिक समिति गठन गरेको जानकारी दिनुभयो । समितिले स्थानीयवासीलगायत सरोकार निकायसँग छलफल गरी तीन महिनाभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने छ । उहाले स्थानीयवासी भावनलाई आत्मसाथ गरेर मात्र गुरुयोजनालाई अघि बढाइने जानकारी पनि दिनुभयो ।

उहाले मन्त्रिपरिषद्ले स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक, सांस्कृतिक सम्पदालाई खुला गर्ने निर्णय गरेको भन्दै कोरोना सङ्क्रमण नफैलने गरी कोषले दर्शनार्थीलाई मन्दिर प्रवेश गराउने बताउनुभयो ।

वातावरणमैत्री शवदाहगृहमा १०० देखि १५० केजी दाउरामा शव जलाउन सकिने बताइएको छ । बैंकले रु ७५ लाखको लागतमा शवदाहगृह निर्माण गरी कोषलाई हस्तान्तरण गरेको हो ।