संघिय संसद्को सभामुखमा कृष्णबहादुर महरा पक्का

संघिय संसद्को सभामुखमा कृष्णबहादुर महरा पक्का

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संघिय संसद्को सभामुख पदमा कृष्णबहादुर महरालाई पठाउने पक्का भएको स्रोतले बताएको छ । एमाले र माओवादीबीच भएको भागवण्डा अनुसार माओवादीको भागमा परेको सभामुख पदमा महरालाई उम्मेदवार बनाउने पक्कापक्की भएको हो।

माओवादीका शीर्ष नेताहरुबीच भएको छलफलपछि महरालाई सभामुख बनाउने निष्कर्षमा पुगेको बताइएको छ ।
शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ। शुक्रबार साढे १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर शनिबार १ बजे संसदमा सभामुख चयनका लागि मतदान हुनेछ ।