गुल्मीकाे इस्मामा जीप दुर्घटना, ६ जनाको मृत्यु

गुल्मीकाे इस्मामा जीप दुर्घटना, ६ जनाको मृत्यु

गुल्मी,१२ मंसिर ।गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जीप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना थिए ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।