नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

काठमाडौँ,११ मंसिर ।नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

बिहीबार काठमाडौंको एक होटलमा भएको बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गर्नुभएको थियो ।बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श भएको थियो । भेटमा द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका थिए ।

बैठकपछि श्रृंगलाले उक्त बैठक फलदायी र उपयोगी आदानप्रदान भएको बताउनुभयो । सहयोगका क्षेत्रहरू अगाडि बढाउन विभिन्न चरणहरूमा छलफल भएको र यसअघि गरिएका प्रतिबद्धतामा राम्रो प्रगति भएको उहाले जानकारी दिनुभयो । उहाले विदेश सचिव भरतराज पौड्याललाई निम्ताएको र आतिथ्यका लागि धन्यवाद पनि दिनुभयो ।

त्यसअघि परराष्ट्रसचिवद्वयबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लािग सचिव श्रृङ्गला बिहीबार काठमाडौँ आउनुभएको हो । उहाले शुक्रबार गोरखा पुुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम छ । उहा नेपालको भ्रमण सकेर शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम छ ।