भारतीय विदेश सचिव श्रृंगलाद्वारा परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता

  • 12
    Shares
भारतीय विदेश सचिव श्रृंगलाद्वारा परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता

काठमाडौँ,११ मंसिर ।नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गर्नुभएको छ ।

श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गर्नुभएको हो । श्रृंगला दरबारमार्गस्थित याक एन्ड यति होटलमा आफ्ना समकक्षी नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसँग दुई मुलुकबीचको विदेश सचिवस्तरीय वार्ता गरि सिंहदरबार पुग्नुभएको थियो । भेटका क्रममा दुईपक्षियसम्बन्धका बारेमा चर्चा भएको बताइएको छ ।