कसैले पनि अनाथ भएको महशुस नगरौं र सरकार साथमा छ – प्रधानमन्त्री ओली

कसैले पनि अनाथ भएको महशुस नगरौं र सरकार साथमा छ – प्रधानमन्त्री ओली

काठमाडौं, ११ मंसिर ।प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कसैले पनि अनाथ भएको महशुस गर्न नपर्ने बताउनुभएको छ ।

बिहीबार सामाजिक सुरक्षा दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सहारा विहीनहरुका लागि सरकार रहेको बताउनुभएको हो । उहाले सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्रतिवद्धता भएको सरकार भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले २०५१ सालबाट सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लिएको र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप पनि लिन थालेको स्मरण गर्नुभयो ।

उहाले योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे पनि सुरुवात गरेको बताउनुभयो ।सरकारले हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने गरेको छ ।