कोरोनाले असर पारेको पर्यटन क्षेत्रलाई उकास्न सरकार लागिपरेको छ : मन्त्री भट्टराई

कोरोनाले असर पारेको पर्यटन क्षेत्रलाई उकास्न सरकार लागिपरेको छ : मन्त्री भट्टराई

काठमाडौँ, १० मंसिर ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोनाले असर पारेको पर्यटन क्षेत्रलाई उकास्न सरकार लागिपरेको बताउनुभएको छ ।

कोरोनाले पर्यटन क्षेत्रमा पारेको असरका बिषयमा बुधबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कोरोनाले पर्यटन क्षेत्र धरासयी भएको अवस्थामा यसलाइ उकास्न सरकार लागिपरेको बताउनुभएको हो ।

मन्त्री भट्टराईले अन्तराष्ट्रिय उडानलाई सूचारु गरेपछि पर्यटकहरु नेपाल आउने क्रम बढेको भन्दै यो सकारात्मक संकेत भएको उल्लेख गर्नुभयो ।उहाले नेपालमा आन्तरिक उडानसंगै आन्तरिक पर्यटकको संख्या बढ्दै गएकाले कोरोनाको मारमा परेका व्यवसायीलाई राहत मिलेको तर्क गर्नुभयो ।

अहिलेको अवस्थामा लगभग सबै प्रकारका पर्यटकिय क्रियाकलापहरु खुल्ला गरिएको भन्दै मन्त्री भट्टराईले बाँकी रहेका पर्यटकिय सेवाहरुपनि क्रमश खुल्ला गर्दै लैजाने सरकारको योजना रहेको धारणा पनि राख्नुभयो । अव सरकारले पर्यटन क्षेत्रको नयाँ रणनीति ल्याउने तयारीमा रहेको उहाले जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले देशको बिकासका लागि पर्यटन क्षेत्र निकै महत्वपूर्ण भएकाले सरकारी र नीजि क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पर्यटन क्षेत्रका आवद्ध व्यक्तिहरुले कोरोनाले पारेको असरमा सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।