पारस खड्का आईसीसी अवार्डका लागि मनोनित

  • 9
    Shares
पारस खड्का आईसीसी अवार्डका लागि मनोनित

काठमाडौं, १० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित हुनुभएको छ । पारस ‘आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा पर्नुभएको हो ।

पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन रहनुभएको छ । यस्तै पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा पर्नुभएको छ । विजेताको नाम भोटको आधारमा छनोट गरिने छ ।