म्यानमारमा सूचीको पार्टीलाई बहुमत

म्यानमारमा सूचीको पार्टीलाई बहुमत

याङ्गुन, २५ कात्तिक।म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ ।

प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उहाँको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ ।

निर्वाचनमा कुल पाँच हजार ६३९ जना उम्मेदबार मध्ये सूचीको सत्तारुढ दलको तर्फबाट एक हजार १०६ जना उम्मेदबार रहेका छन् । म्यानमारका एक हजार ११७ संसद सदस्यका लागि निर्वाचन भएको हो ।मंगलबार विहान सम्ममा कुल ४७ जना निर्वाचित भएकोमा सूचीको पार्टीले मात्रै ४४ सिटमा जित हासिल गरेको छ । विपक्षी युएसडीपी तीन सिटमा मात्रै विजयी भएको थियो ।

म्यानमारमा सन् २०१२ मा उपनिर्वाचन भएको थियो भने सन् २०१५ मा आम निर्वाचन भएको थियो । त्यो कार्यकाल सकिएपछि अहिले फेरि निर्धारित समयमै निर्वाचन भएको हो । सन् २०१५ मा भएको निर्वाचनमा पनि सूचीको पार्टीले पूर्ण बहुमत प्राप्त गरी सन् २०१६ देखि सरकार संचालन गर्दै आएको थियो ।