नेपाली जनसम्पर्क समिति न्यूयोर्कमा दिवाकर बागचन्द

नेपाली जनसम्पर्क समिति न्यूयोर्कमा दिवाकर बागचन्द

काठमाडौं, १६ कात्तिक । काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसको विदेशस्थित सुभेच्छुक संस्था नेपाली जन सम्पर्क समिति अमेरिका न्यूयोर्कको च्याप्टरको सभापतिमा चर्चित पत्रकार दिवाकर बागचन्द नियुक्त हुनुभएकाे छ । बागचन्द लामाे समयदेखि न्यूयोर्कमा रहेर पत्रकारिता गर्दै आउनुभएकाे छ ।

समितिको उपसभापतिमा बिपिन कोइराला र बिराट जिसी, महासचिवमा सुमन सिंह, सचिवमा प्रकाश अर्याल र कोषाध्यक्षमा विनिता रूवाली मनोनयन हुनुभएकाे छ । त्यसैगरी सदस्यहरुमा सन्तोस राउत, सुभाष के सी, निता थापा, विक्रम ढकाल, प्रेम वि क, छत्र के सी, रक्की मण्डल, समिर लामा, कुसुम गुरूङ, लाच्छिरी शेर्पा, रमेस श्रेष्ठ, कर्ण बहादुर तामाङ र संगिता अर्याल मनोनयन हुनुभएकाे छ ।