आजदेखि पुनः खुल्यो चीन–नेपाल तातोपानी नाका

  • 120
    Shares
आजदेखि पुनः खुल्यो चीन–नेपाल तातोपानी नाका

काठमाडौं, १२ कार्तिक । असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजदेखि पुनः खुल्ने भएको छ । यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड–अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो ।

त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार तिब्बतको वाणिज्य विभागले हिजो नाका खुल्ने तयारीबारे जानकारी दिएको हो ।