आइपिएल: दिल्लीको खराब प्रदर्शन, हैदरवाद ८८ रनले विजयी

आइपिएल: दिल्लीको खराब प्रदर्शन, हैदरवाद ८८ रनले विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ । मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य रहाणेले २६ र तुषार देश पाण्डेले नटआउट २० रन बनाए । हैदरावादका लागि राशिद खानले चार ओभरमा केबल सात रन दिएर तीन विकेट लिए । सन्दीप शर्मा र टी नटराजनले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाएको थियो । ४५ बलमा ८७ रन बनाएका ऋद्धिमान साह म्यान अफ द म्याच भए । डेभिड वार्नरले ६६ रन बनाए । मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे ।

यो पाँचौ जितसँगै हैदरावादले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । दिल्लीको पाँचौ हार हो । दिल्लीले लगातार तीन खेलमा जित निकाल्न सकेन । दिल्ली अंक तालिकामा तेस्रो स्थानमा छ भने हैदरावाद छैठाैं स्थानमा छ ।