गोकुल र विन्दूको ‘छेउमा आयो भमरा’ सार्वजनिक (भिडियो)

गोकुल र विन्दूको ‘छेउमा आयो भमरा’ सार्वजनिक (भिडियो)

गायक गोकुल खरेलको स्वरमा रहेको ‘छेउमा आयो भमरा’ बोलको गीत सार्वजनिक भएको छ । गायनमा गोकुल खरेललाई विन्दू परियारले साथ दिएकी छन् । लेखु सहयात्रीले लेखेको शब्दलाई पुरुषोत्तम सुवेदीले संगीत भरेका छन् ।

उक्त म्यूजिक भिडियोमा सुमन पौडेल, सुमी घर्ती मगर र कृष्ण खरेलको अभिनय रहेको छ । किशोर थापाको मिक्सिङ रहेको गीतलाई यागेश शाक्यले खिचेका हुन् । त्यस्तै, गीतको भिडियोलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशक श्रेष्ठकै कोरियोग्राफी रहेको गीतमा शाहिल खानले सम्पादन गरेका छन् ।

भिडियो :