काठमाडौंका नीजि अस्पतालभित्र रहेका औषधी पसलहरुको अनुगमन (फोटो)

काठमाडौंका नीजि अस्पतालभित्र रहेका औषधी पसलहरुको अनुगमन (फोटो)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले काठमाडौंको नीजि अस्पतालभित्र सञ्चालनमा रहेका औषधी पसलहरुको अनुगमन गरेको छ । प्रशासन कार्यालयका सहायक सिडियो नेतृत्वको टोलीले आइतबार काठमाडौंको भरोसा अस्पताल, भेनस अस्पताल र एभरेष्ट अस्पतालभित्र सञ्चालनमा रहेको औषधी पसलहरुको अनुगमन गरेको हो ।

Photo: rastrabani.com

सो क्रममा औषधीको व्यवस्थापन, म्याद भए नभएको र बिक्रिको अवस्थाका बारेमा अनुगमन टोलीले जानकारी लिएको थियो । अनुगमन टोलीले म्याद भएको र नभएको औषधी नछुट्टाएको , औषधी पसलभित्र फोहर रहेको पाएको थियो ।

Photo: rastrabani.com

प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले औषधी पसलहरुमा देखिएका त्रुटीहरु सच्चाउनका लागि निर्देशन दिइएको जानकारी दिनुभयो ।

Photo: rastrabani.com

एक हप्ताभित्र सुधार गरेर प्रशासनमा जानकारी गराउन भनिएको उहाले बताउनुभयो ।

Photo: rastrabani.com

म्याद सकिएका औषधीको व्यवस्थापनमा पनि औषधी पसलहरुको कमजोरी देखिएको अनुगमन टोलीले जनाएको छ । प्रशासन कार्यालयले खाद्य, यातायात र औषधी क्षेत्रको अनुगमनलाई तिव्रता दिएको छ ।

Photo: rastrabani.com
Photo: rastrabani.com
Photo: rastrabani.com