चाडपर्व नजिकिएसँगै कोरोना संक्रमणलाई वेवास्ता गर्दै चहलपहल

  • 4
    Shares
चाडपर्व नजिकिएसँगै कोरोना संक्रमणलाई वेवास्ता गर्दै चहलपहल

काठमाडौँ, ३० असोज।चाडपर्व नजिकिएसँगै कोरोना संक्रमणलाई वेवास्ता गर्दै बजार तथा पसलमा मानिसहरुको चहलपहल बढ्न थालेको छ ।दशैं, तिहार लगायतका चाडपर्व नजिकिएसँगै काठमाडौंको असन, जमल, बिसालबजार लगायतका खाद्यन्न तथा कपडा पसलहरुमा मानिसहरुको भिडभाड बढ्न थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेपनि मानिहरु भने भौतिक तथा सामाजिक दुरी कायम नगरी स्वास्थ्य सतर्कता समेत नअपनाइ बजारमा किनमेल गरीरहेका छन् ।

कोरोना संक्रमण पछि सरकारले पसल तथा व्यवसाय संचालन गर्दा सामाजिक दुरी कायम गराउनुपर्ने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने तथा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने जनाएपनि बजार तथा पसलहरुमा उक्त मापदण्ड समेत पालना नभएको पाइएको छ ।

चाडबाड मनाउने नाममा बजारमा अव्यवस्थित भिड बढ्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर अझै बढ्ने देखिन्छ ।