काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ब्रिफिङ लिएपछि प्रहरी महानिरीक्षक प्रकाश अर्याल बिहीबारदेखि पाँच दिन बिदामा बसेका छन् । कर्मचारी प्रशासन एवं मानव स्रोत विभागले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद गौतमलाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न‘पर्ने भन्दै उनको बढुवा फाइल उठाएपछि उनी बिदामा बसेको स्रोतले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बुधबार बिहानैदेखि बिदामा बस्न लागेका अर्याल नवनियुक्त गृहमन्त्री थापाको आकस्मिक प्रहरी मुख्यालय निरीक्षणको कार्यक्रम तोकिएका कारण त्यस दिनको बिदालाई बिहीबार बनाएर सोमबारसम्म बिदा लिएका हुन् । अर्याल निकट स्रोतका अनुसार चार दिन बिदा र यो बीचमा हुने चार दिनको सार्वजनिक बिदासमेत जोड्दा जम्मा आठ दिनपछि हाजिर हुने कार्यक्रम तय भएको छ ।
एसएसपीको ५५ वर्षे उमेरहदका कारण यही २३ फागुनमा अनिवार्य अवकाश पाउन लागेका एसएसपी गौतमलाई बढुवा गर्न‘पर्ने भएपछि उनी बिदामा बसेका हुन् । आईजीपी अर्यालसँगै २९ चैत ०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका गौतम यही २३ फागुनमा ५५ वर्ष पुग्दैछन् । प्रहरी नियमावलीअनुसार एसएसपीको उमेरहद ५५ वर्ष र पदावधि ६ वर्ष कायम छ । एक महिनामै अवकाशमा जानेलाई किन बढुवा गर्न‘प¥यो ? कोही कसैलाई पूर्वडीआईजी बन्न मन लाग्यो भन्दैमा राज्यकोषलाई भार पार्ने गरी जथाभावी निर्णय गर्ने ?’ आक्रोश पोख्दै प्रहरी मुख्यालयका एक डिआईजीले भने, ‘अवकाशको मुखमा रहेको प्रहरी नेतृत्वले बढुवालगायतका दीर्घकालीन महत्वका निर्णय गर्न पाउँदैन ।’ गौतम आगामी २३ फागुनभित्र डिआइजीमा बढुवा नभए एसएसपीबाटै स्वतः अवकाश पाउनेछन् भने डिआइजी भएको खण्डमा आगामी २८ चैतमा ३० वर्षे सेवाहदका कारण आईजीपी अर्यालसँगै स्वतः अवकाश पाउनेछन् । तरुणबाट