४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि, थप २१ जनाको मृत्यु

४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि, थप २१ जनाको मृत्यु

काठमाडौं, ३० असोज । नेपालमा शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

त्यस्तै शुक्रबार थप ३ हजार ५२२ जना डिष्चार्ज भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

त्यस्तै हाल होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १२ हजार ३३६ जना रहेकाछन् भने क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३१ पीसीआर परीक्षण गरिएको छ । हालसम्म १२ लाख ५४ हजार १६७ पीसीआर परीक्षण भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।