३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना डिस्चार्ज

  • 19
    Shares
३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना डिस्चार्ज

काठमाडौँ, २९ असोज ।पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय ६४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ८४ हजार पाँच सय १८ पुगेको छ ।अब ३६ हजार पाँच सय ३३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय २५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।त्यस्तै बिहीबार काठमाण्डाैमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा सङ्क्रमण देखिएकाे छ ।

यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।