गैरेको मर्मस्पर्शी दशैं गीत सार्वजनिक (भिडियोसहित)

गैरेको मर्मस्पर्शी दशैं गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । महान चाड विजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आइरहेका छन् । यसै क्रममा सञ्चार व्यवसायी तथा गीतकार विष्णु गैरेले पनि मर्मस्पर्शी दशैं गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्दमा हरि लम्सालको संगीत र आवाजमा रहेको दशैं गीत ‘आउँछु भन्थें’ सार्वजनिक गरेका हुन्।

भाइब्रेसन मिडियाको युट्युवमार्फत सार्वजनिक उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने छायाँङ्कन बुद्ध थापा एण्ड टिम र रमेश थापाको तथा सम्पादन विकाश दाहालको रहेको छ । भिडियोमा पछिल्लो समय चर्चामा रहेका जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपाली युवाहरुको परदेश जानु पर्ने बाध्यता, त्यहाँ जानु अघि राखिने सोँच, त्यहाँ पुगेपछिको अवस्था र घरपरिवारसँग टाढिँदाको पीडालाई गीतले ब्यक्त गरेको छ ।

हेर्नुहोस् भिडियोः