पछिल्लो २४ घन्टामा देशभर २,६३८ जनामा कोरोना संक्रमण

  • 26
    Shares
पछिल्लो २४ घन्टामा देशभर २,६३८ जनामा कोरोना संक्रमण

काठमाडौं, २८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६सय ७५ पुगेको छ । पीसीआर विधिबाट थप १३ हजार ९ सय ४७ जनाको नमुना परीक्षण गरिएको छ । काठमाडौंमा ९ सय ९६ भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ गरि उपत्यकामा १४ सय ३ जना संक्रमित थपिएका छन् ।