कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको भिडन्त

कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको भिडन्त

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले मनोनयन दर्ता भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवा र सिंहको दलको नेताका लागि उम्मेदवारी भएको हो ।

सभापति देउवाको प्रस्तावकमा नेता विजयकुमार गच्छदार र मानबहादुर विश्वकर्माले समर्थन गरेका छन्। देउवाको उम्मेदवारी नेता बालकृष्ण खाँडले दर्ता गराएका हुन् ।
यस्तै, कोषाध्यक्ष सीतादेवी यादव प्रस्तावक र सञ्जयकुमार गौतमको समर्थनसहित नेता प्रकाशमान सिंहले पनि दलको नेतामा उम्मेदवारी दिएका छन्।