सबै प्रकारका परीक्षा सञ्चालन गर्न दिने सरकारकाे निर्णय

सबै प्रकारका परीक्षा सञ्चालन गर्न दिने सरकारकाे निर्णय

काठमाडौँ, २१ असोज ।सरकारले कोरोना भाइरसका कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका परीक्षा सञ्चालनका लागि सहमति दिएको बताए।मन्त्री ज्ञवालीले परीक्षा सञ्चालनका लागि सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड भने पूरा गर्नुपर्ने बताए।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो ।