काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि

  • 8
    Shares
काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५ असोज।बिहीबार काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २७२ महिला र ५४५ पुरुष गरि ८१७ जना, भक्तपुरमा २६ महिला र ३२ पुरुष गरि ५८ जना र ललितपुरमा ३० महिला र ३८ पुरुष गरि ६८ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ सय पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।