पछिल्लो २४ घण्टामा थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

  • 8
    Shares
पछिल्लो २४ घण्टामा थप १९ सय ११  जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५ असोज।नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय ६१ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।