मन्त्रिपरिषद् बैठक :बैरागी मुख्यसचिव, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

  • 2
    Shares
मन्त्रिपरिषद् बैठक :बैरागी मुख्यसचिव, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

काठमाडौं, १५ असोज । बिहीबार बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ ।

बैरागी यसअघि परराष्ट्र मन्त्रालयका सचिव थिए । लोकदर्शन रेग्मीले बिहीबार नै मुख्यसचिव पदबाट राजीनामा दिएका थिए ।यसैगरी रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ ।

मन्त्रिपरिषद बैठकले रेग्मीको राजीनामा स्वीकृत गर्दै बैरागीलाई नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ ।