पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

  • 13
    Shares
पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ असोज।पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५७ जना घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।