काठमाडौं उपत्यकामा थप ९३४ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ९३४ जनामा संक्रमण पुष्टि

काठमाडौँ, १३ असोज ।मंगलबार काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष गरि ७४७ जना, भक्तपुरमा २८ महिला र ४५ पुरुष गरि ७३ जना र ललितपुरमा ४७ महिला र ६७ पुरुष गरि ११४ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ । त्यस्तै मंगलबार ७३१ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५५३७१ पुगेको छ । हाल सक्रिया संक्रमितको संख्या २०,३९६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।