काठमाडौँ, १२ असोज।सोमबार काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष गरि ६४९ जना, भक्तपुरमा १६ महिला र २० पुरुष गरि ३६ जना र ललितपुरमा ५० महिला र ८२ पुरुष गरि १३२ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।