१३५१ जनामा कोरोना संक्रमण पुष्टि , थप ४ जनाको मृत्यु

१३५१ जनामा कोरोना संक्रमण पुष्टि , थप ४ जनाको मृत्यु

काठमाडौँ, १२ असोज।नेपालमा सोमबार थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४३६ महिला र ९१५ पुरुष गरि थप जनामा कोरोना पुष्टि भएको हो ।

सोमबार काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष गरि जना, भक्तपुरमा १६ महिला र २० पुरुष गरि जना र ललितपुरमा ५० महिला र ८२ पुरुष गरि जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ । त्यस्तै सोमबार ७४२ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५४६४० पुगेको छ । हाल सक्रिया संक्रमितको संख्या १९६२४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल क्वारेन्टाइनमा ६३१० जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १०९२९ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८६९५ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख ९८ हजार ४०७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।