काठमाडौं उपत्यकामा थप ८०९ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ८०९ जनामा संक्रमण पुष्टि

काठमाडौँ, ११ असोज।आइतबार काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष गरि ६३३ जना, भक्तपुरमा २१ महिला र ५१ पुरुष गरि ७१ जना र ललितपुरमा ४३ महिला र ६१ पुरुष गरि १०४ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण नेपालमा थप १० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।हाल सक्रिय संक्रमितको संख्या १९०१९ जना रहेका छन् । आइतबार ८८५ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३८९८ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।