वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

दमौली, ११ असोज।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै तनहुँले प्रखर समाजवादी नेता गुमाएको बताउनुभएको छ ।

आज शोक वक्तव्य प्रकाशित गर्दै उहाँले भन्नुभयो, “हिजोका कठोर दिनमा कत्ति पनि विचलित नभई अनवरत रुपमा समाज रूपान्तरणमा लाग्नु भएका रेग्मीको निधनले स्तब्ध तुल्याएको छ ।”म्याग्दे गाउँपालिका–७ निवासी रेग्मी नेपाल किसान सङ्घका जिल्ला सभापति र नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको आज निधन भएको हो ।