काठमाडौं उपत्यकामा थप ७२४ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ७२४ जनामा संक्रमण पुष्टि

काठमाडौँ, १० असोज।शनिबार काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १९९ महिला र ३८४ पुरुष गरि ५८३ जना, भक्तपुरमा २८ महिला र ३५ पुरुष गरि ६३ जना र ललितपुरमा ३७ महिला र ४१ पुरुष गरि ७८जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७१८२१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।