पछिल्लो २४ घन्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना संक्रमितको मृत्यु

काठमाडौँ, १० असोज ।नेपालमा शनिबार थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४११ महिला र ७९६ पुरुष गरि थप १२०७ जनामा कोरोना पुष्टि भएको हो ।

शनिबार काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १९९ महिला र ३८४ पुरुष गरि ५८३ जना, भक्तपुरमा २८ महिला र ३५ पुरुष गरि ६३ जना र ललितपुरमा ३७ महिला र ४१ पुरुष गरि ७८जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७१८२१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।हाल सक्रिय संक्रमितको संख्या १८३४१ जना रहेका छन् । शनिबार ११४७ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३०१३ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल क्वारेन्टाइनमा ६३३१ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १०,५०८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ७८३३ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख ७८ हजार २०४ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।