काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि

असोज ९, काठमाडौं ।शुक्रबार काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष गरि ५०३ जना, भक्तपुरमा २० महिला र ३१ पुरुष गरि ५१ जना र ललितपुरमा ४५ महिला र ४६ पुरुष गरि ९१ जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७०६१४ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।