पछिल्लो २४ घन्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, १४५५ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, १४५५ जना डिस्चार्ज

असोज ९, काठमाडौं । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाकाे पीसीआर परीक्षण गर्दा १३१३ जनामा सङ्क्रमण देखिएकाे हाे ।यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।गएकाे २४ घण्टामा एक हजार चार सय ५५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।