श्री राधामाधव समिति नेपालद्वारा बाढी पहिरो पीडितलाई राहत सेवा हस्तान्तर

श्री राधामाधव समिति नेपालद्वारा बाढी पहिरो पीडितलाई राहत सेवा हस्तान्तर

-मुकुन्द अर्याल

असोज ९, काठमाडौं । श्री राधा माधव समिति अन्तर्गत वनेपा सत्संग केन्द्रद्वारा सिन्धुपाल्चोक जिल्लाको वाह्रविसे नगरपालिका ७ भिरखर्क र नाकुचेका बाढीपहिरो पीडितको सहयोगार्थ सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल हस्ते राहत सामाग्री हस्तान्तर गरियो ।

यसैवीच वालिङ नगरपालिका वडा नम्बर १४ तमादी ,स्याङजामा अविरल वर्षासंगै घर माथिबाट पहिरो आई घर गोठ पुरिंदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराईरहेकी मनिषा नेपालीलाई श्री राधा माधव समिति नेपाल सम्वध्द डिभाईन युथ क्लव नेपाल क्षेत्रीय कार्यालय पोखराका प्रतिनिधिहरुले स्थानीय गण्डकी अस्पतालमा भेट गरी निजको स्वास्थ्य अवस्था र निजलाई अति आवश्यक सेवाबारे जानकारी लिनुका साथै शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यस दुर्घटनामा एकै परिवारका ९ जनाको दुःखद निधन भएको छ ।

हरिगुरुको असीम अनुकम्पा, जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीको प्रेरणा तथा श्री राधा माधव समिति नेपालका अध्यक्ष संगीता दिदीको मार्गनिर्देशनमा समिति तथा यस सम्वधद भातृ संगठनहरुले दैहिक, दैविक तापबाट पीडित जनहरुको यथासक्य सेवा गर्दैआएका छन् । स्मरण रहोस् यसअघि श्री राधामाधव समिति नेपाल अन्तर्गत भरतपुर चितवन सत्संग केन्द्र तथा डिभाइन युथ क्लब नेपाल, भरतपुर, चितवनद्वारा फोक्सोको बिरामी वर्षा गौतमलाई उपचार खर्च स्वरुप नगद रु. २०,००० प्रदान गरिएको थियो ।