काठमाडौं उपत्यकामा थप ७५५ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ७५५ जनामा संक्रमण पुष्टि

काठमाडौँ, ८ असोज।बिहीबार काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष गरि ६०९ जना, भक्तपुरमा १२ महिला र ३९ पुरुष गरि ५१ जना र ललितपुरमा ३८ महिला र ५७ पुरुष गरि ९५ जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६९३०१ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १८,४३७ जना रहेका छन् । बिहीबार ४५७ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५०४११ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।