काठमाडौँ, ७ असोज।बुधबार काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष गरि ४९२ जना, भक्तपुरमा ४७ महिला र ४८ पुरुष गरि ९५ जना र ललितपुरमा २६ महिला र २४ पुरुष गरि जना रहेका छन् ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७८०४ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १७४१४ जना रहेका छन् । बुधबार १८९३ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ४९९५४ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।