काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ असोज।मंगलबार काठमाडौं उपत्यकामा थप ६४७ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १७३ महिला र ३३८ पुरुष गरि ५११ जना, भक्तपुरमा २२ महिला र ४१ पुरुष गरि ६३ जना र ललितपुरमा २७ महिला र ४६ पुरुष गरि ७३ जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६६६३२ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।