२४ घन्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्चार्ज

२४ घन्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्चार्ज

काठमाडौँ, ६ असोज ।नेपालमा पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

गएको २४ घण्टामा ११ हजार एक सय ५४ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५६ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा ८२३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४८हजार ६१ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।