जुम्लामा अनसनरत डा. केसी शिक्षण अस्पताल जान पाएनन्, जवरजवस्ती ट्रमा सेन्टर लगियो

जुम्लामा अनसनरत डा. केसी शिक्षण अस्पताल जान पाएनन्, जवरजवस्ती ट्रमा सेन्टर लगियो

काठमाडौँ, ६ असोज ।चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसरमा बस्नुभएका डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आइपुग्नुभएको छ ।

डा केसी जुम्लाबाट मंगलबार नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आउनुभएको हो । डा केसीलाई उहाका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो । डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको थियो । ट्रमा सेन्टर पुराइएपछि डा केसीले आफुलाई जवरजस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै एम्बुलेन्सबाट नओर्लने अडान लिनुभएको थियो ।

तर केसीलाई प्रहरीले जवरजवस्ती ट्रमा सेन्टरभित्र लगिएको थियो । विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको थियो । त्यस क्रममा केसी सोमबार नेपालगञ्ज आउनुभएको थियो । आफ्नो माग पुरा गर्न थप दवाव दिने भन्दै केसी काठमाडौं आउनुभएको हो