काठमाडौं,४ असोज।मन्त्रिपरिषद् पुनर्गठनका बिषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र छलफल सुरु भएको छ ।
नेकपा कार्यालय पेरिसडाँडामा आइतबार बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा मन्त्रिपरिषद्को पुनर्गठन, संवैधानिक नियुक्तिको आधार, बाँकी रहेका सांगठनिक एकता टुंग्याउने र विविध कार्यसूचीमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । स्थायी कमिटीको निर्णयलाई कार्यान्वयनमा लैजान सचिवालय बैठक बसेको उहाको भनाई छ । त्यस्तै उहाले उपाध्यक्ष वामदेव गौतम र आफू मन्त्री बन्नेबारे सचिवालय बैठकमा छलफल नभएको उल्लेख गर्नुभयो । सोमबारको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनबारे थप छलफल हुने कार्यसूची रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
नेकपा सचिवालय सोमबार भोलि १ बजे पेरिसडाँडामा सचिवालय बैठक डाकिएको छ ।