पछिल्लो २४ घन्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, १० जना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, १०  जना संक्रमितको मृत्यु

काठमाडौं,४ असोज।नेपालमा पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।गएकाे २४ घण्टामा नाै सय ६६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४६ हजार दुई सय ३३ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ११ ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।