पछिल्लो २४ घन्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, ११  जना संक्रमितको मृत्यु

काठमाडौं,३ असोज।नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ४७ जना डिस्चार्ज भएका छन् ।यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४५ हजार २ सय ६७ जना पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४०१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।