काठमाडौँ, १ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५९ हजार पाँच सय ७३ पुगेकाे छ । गएकाे २४ घण्टामा एक हजार दुई सय ४३ निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४२ हजार नाै सय ४९ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।