काठमाडौं, १९ फागुन । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।
आयोजकका अनुसार ७५ हजारको संख्यामा उपस्थितहरुले धम्पपद वाचन गरेका हुन्। गिनिज बुकमा रेकर्ड राख्न कार्यक्रम आयोजना गरिएको विश्व कीर्तिमानी परिषद् नेपालले जनाएको छ। बुद्ध वचन धम्मपदमा रहेका मध्ये २५ बुँदालाई सहभागीहरुले वाचन गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’