काँग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना

  • 9
    Shares
काँग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना

काठमाडौँ, ३१ भदौ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ ।

कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि अस्पताल भर्ना हुुनभएको हो । कोइरालालाई उच्च ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको उनको नीजि सचिवालयले जनाएको छ । ज्वरो कम भएपनि चिकित्सकहरुले उहाँमाथि निमोनिया भएको आशंका गरेका छन् । कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ ।

महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमश सुधार भइरहेको अस्पतालले जनाएको छ ।