भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै प्याजमा कालोबजारी सुरु

  • 9
    Shares
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै प्याजमा कालोबजारी सुरु

काठमाडौँ,३१ भदौ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् ।

सोमबारसम्म निरन्तर भारतबाट आइरहेको प्याज मंगलबार एक दिन मात्र नआउँदा व्यापारीले प्याजमा उपभोक्ताबाट मनपरी मूल्य लिई कालोबजारी गर्न थालेका छन् ।सोमबार मात्र खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा सहज रुपमा पाइने प्याज रातारात मूल्य बढाएर प्रतिकेजी ९० देखि १ सय रुपैयाँ लिन थालेका छन् ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारसँग बजारमा आलु, प्याजलगायतका बस्तुको भण्डारण नहुँदा व्यापारीले फाइदा लिएको बताए ।यो समाचार आजको राजधानी दैनिकमा छ।