पछिल्लो २४ घण्टामा थपिए १ हजार ४५९ कोरोना संक्रमित, ११ जना संक्रमितको मृत्यु

  • 13
    Shares
पछिल्लो २४ घण्टामा थपिए १ हजार ४५९ कोरोना संक्रमित, ११ जना संक्रमितको मृत्यु

काठमाडौँ, ३० भदौ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।गएकाे २४ घण्टामा एक हजार ६२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४० हजार ६ सय ३८ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।