गएराती देखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

गएराती देखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन ,३० भदौ । गएराती देखि अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड साढे २ बजेदेखि सुचारु भएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरले चारकिलोको पहिरो सफा गरेर साढे २ बजेदेखि सडक दुइतर्फी नै संचालन भएको छ ।सोमबार राति शुरुमा १० :३० बजे चारकिलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमशः अन्य ठाउँमा पहिरो खसेको खनालले बताए । सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।